२०८३ आश्विन १७ गते , शनिबार

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ६ गते , आईतबार
राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले सो निणर्य गरेको हो ।

बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची रहेको छ ।

‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चातका सम्पूणर् गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसद्मा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार