२०८३ बैशाख ६ गते , आईतबार

पृथ्वीकै स्वर्ग मानिएको अमेरिकामा किन मारिन्छन् नेपाली ?

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २४ गते , विहीबार
पृथ्वीकै स्वर्ग मानिएको अमेरिकामा किन मारिन्छन् नेपाली ?

बिर्तामोड विश्वका मानिसहरु अमेरिका छिर्न तँछाडमछाड गर्छन उनीहरु आफ्नो ज्यानको बाजी लगाएर अमेरिकाको अवैध यात्रा तय गर्छन मोटो रकम खर्चिएर मानव तस्करको व्यापारिक यात्रामा उनीहरु तीर्थस्थल गए झैँ सहभागी हुन्छन् मानौँकी अमेरिका पृथ्वीकै स्वर्ग हो तर त्यति समृद्ध, विकसित, सुशासित मानिएको अमेरिकामा नेपालीहरुको किन बारम्बार हत्या भइरहेको भन्ने प्रश्नले भने उत्तिकै गिज्याइरहन्छ  

हुनत त्यहाँ नेपालीको मात्र हैन कैयन मानिसको समय समयमा बन्धुकधारीको आक्रमणबाट मृत्यु भएको खबर आइरहन्छ पछिल्लो समय साउन १३ गते विहान अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गर्यो टेक्सासको ग्यास स्टेशनमा कार्यरत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय विकास वली लुटेरा समूहको गोलीबाट मारिए

साउन १३ गते बिहान ५ः२० बजे आएको लुटेरा समूहले उनीमाथि गोली प्रहार गरेको थियो

वली महिनाअघि मात्र अवैध रुपमा अमेरिका छिरेका थिए अमेरिका पुग्न उनले ८० लाख खर्चिएका थिए घरबाट निस्किएको करिब दुई वर्षपछि मात्र उनी अमेरिका पुगेका थिए उनको अमेरिकामै अन्त्येष्टि गरिएको

२०७९ पुस २२ गते पनि तनहुँ दमौलीका ५३ वर्षीय भेषराज लामिछाने लुटेरा समूहबाटै मारिएका थिए वर्षअघि अमेरिका गएका उनले कोलोराडोमा स्टोर खोलेका थिए २२ पुस राति बजे स्टोरमै बसिरहेको बेला बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो

त्यसको एक वर्ष अघि पनि अमेरिकामा बन्दुकधारी समूहबाट अर्को एक जना नेपाली मारिएका थिए उनी थिए- धनुषाका ५४ वर्षीय लालकिशोर महासेठ

२०७८ कार्तिकमा मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट धनुषाका ५४ बर्षीय लालकिशोर महाशेठको मृत्यु भएको थियो उनी स्टोरका क्लर्क थिए महासेठ परिवारसहित अमेरिका बस्थे उनलाई बन्धुकधारी समूहले गोली हानेको थियो

२०७७ चैतमा टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखराका रमेश थापाका पनि लुटेरै समूहको गोलीबाट मारिएका थिए लुटेराले थापालाई राति १२ः३० बजेतिर गोली चलाएका थिए उनी ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए

लुटेरा समुहकै शिकार भएका अर्का नेपाली हुन्, चितवनका रेशम बजगाईं अमेरिकाको भर्जिनियामा ग्यास स्टेसनमा काम गरिरहेका रेशमलाई २०७५ साल असारमा लुटपाट गर्न आएको समूहले हत्या गरेको थियो   बजगाईं सेप्टेम्बर २०१७ मा मात्र अमेरिका गएका थिए उनी श्रीमती पाँच वर्षीय छोरीको साथमा बस्थे

२०६६ पुसमा अमेरिकाको बोस्टनमा फुड स्टोरमा कार्यरत ४० वर्षीय सुरेन्द्र डंगोल लुटेरा समूहबाट मारिए काठमाडौं घर भएका डंगोललाई स्टोरमा लुटपाटपछि गोली हानिएको थियो

अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा हरेक वर्ष सयौं मानिस मारिंदै आएका छन् अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि हात हतियार राख्न पाउने वैधानिक व्यवस्था तर मास सुटिङ, लुटपाटपछि हत्या जस्ता गन भ्वाइलेन्स का घटना बढ्दो यस्ता घटनामा आप्रवासी नेपालीहरू पनि पर्ने गरेका छन्

नेपाल-अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीका अनुसार प्रायजसो नेपाली मल, स्टोर ग्यास स्टेसनमा कार्यरत हुन्छन् नगद कारोबार हुने स्टोर ग्यास स्टेसनहरू लुटेर समूहको निशानामा पर्छन् लुटपाटका बेला आत्तिएर भाग्ने प्रतिकार गर्न खोज्दा लुटेरा समूहबाट मारिने सम्भावना बढी हुने उनी बताउँछन् यहाँ आएका धेरैजसो नेपालीले स्टोर ग्यास स्टेसनमा काम गर्छन् उनले भनेजसले गर्दा लुटेरा समूहको निशानामा उनीहरू बढी जोखिममा पर्छन् भण्डारीका अनुसार टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, फलोरिडा राज्यमा गर्न भ्वाइलेन्सका घटना बढी हुने गरेको जहाँ नेपालीको उपस्थिति बाक्लो

राप्ती-अमेरिका समाजका अध्यक्ष सुरेश हमाल पनि अमेरिकामा बढ्दो गन भ्वाइलेन्सका घटना नेपालीहरूका लागि पनि चिन्ताको विषय भएको बताउँछन् उनी भन्छन्, कारोबार हुने ठाउँमा काम गर्नेहरू बढी चनाखो हुन जरुरी

विश्वमा सबैको रुचीको देशको रुपमा छबि बनाएको अमेरिकाले त्यहाँ रहने मानिसहरुको सुरक्षा व्यवस्थापनि उत्तिकै मझबुत बनाउन आवश्यक सबै खाले विकास निर्माण, सेवा सुविधामा अब्बल देशमा अनाहकमा देशबासीले मर्नु नपरे साँच्चीकै रामराज्यको रुपमा पृथ्वीको स्वर्ग मान्न सकिन्थ्यो

सम्बन्धित समाचार