२०८३ बैशाख ६ गते , आईतबार
अस्पतालबाट फरार कैदी पक्राउ
बिर्तामोड । उपचारको क्रममा अस्पतालबाट फरार भएका विराटनगर-८ का २४ बर्षीय मोहम्मद अहमदलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते कोशी अस्पतालबाट फरार अहमदलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई बिहीबार विहान जहदा गाउँपालिका-१ तारेगामा स्थित नेपाल भारत सीमा नजिकैबाट इप्रका रानीका प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।
अहमद जबर्जस्ती करणी मुद्धामा दोषी ठहर भई २०७९ फागुन २९ गतेदेखि सजाय भुक्तान गरिरहेका थिए । उनलाई जिल्ला अदालत मोरङले १२ बषै कैद र ५ लाख रुपैँया जरिवाना हुने फैसला सुनाएको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।