२०८३ आश्विन १७ गते , शनिबार

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ३२ गते , शुक्रबार
आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

बिर्तामोड । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निणर्य गरेको हो ।

पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज विहानबाट लागू हुनेछ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।

सम्बन्धित समाचार