२०८३ आश्विन १७ गते , शनिबार

समाजवादी युवा संघका केन्द्रीय सचिव थेगिम बनेम माओवादी केन्द्रमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ७ गते , शुक्रबार
समाजवादी युवा संघका केन्द्रीय सचिव थेगिम बनेम माओवादी केन्द्रमा प्रवेश

बिर्तामोड । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका केन्द्रीय सचिव श्री थेगिम वनेम नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वनेमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

बिहीबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा थेगिमलाई पार्टी अध्यक्ष प्रचण्डले अबिर र खदा लगाएर स्वागत गरेको योङ्ग कम्युनिष्ट लिग कोशीका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मौसमलगायतको उपस्थितीमा थेगिमलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

यस अघि बिर्तामोडमा समाजवादी युवा संघका कोशी प्रदेश अध्यक्ष टाइसन केरुङसहित सयौँ युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार