२०८३ आश्विन १७ गते , शनिबार

अवैधरुपमा अमेरिका हिडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १२ गते , बुधबार
अवैधरुपमा अमेरिका हिडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

एजेन्सी । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् ।

ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ ।

विमानस्थलमा अलपत्र परेका १७६ नेपालीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ ।

मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा छ ।’

सम्बन्धित समाचार