२०८३ बैशाख ६ गते , आईतबार
महानन्द चोकमा छुरा प्रहार गरी प्रेमिकाको हत्या
बिर्तामोड । झापाको अर्जुनधारा-६ स्थित महानन्द चोकमा शुक्रबार साँझ छुरा प्रहार गरी युवतीको हत्या गरिएको छ ।
हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो ।
कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विकले उनलाई छुरा प्रहार गरेको बुझिएको छ ।
छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।
छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।