२०८३ बैशाख ५ गते , शनिबार

‘कोशी प्रदेश पर्यटन बर्ष २०८२’ घोषणा

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ११ गते , शुक्रबार
‘कोशी प्रदेश पर्यटन बर्ष २०८२’ घोषणा

बिर्तामोड कोशी प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज शुक्रबार कोशी प्रदेश पर्यटन बर्ष२०८२ घोषणा गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गरेका हुन्

कोशी प्रदेशका पर्यटकीय स्थलको प्रचारप्रसार प्रबर्धन गर्दै पर्यटक आगमन संख्यालाई बढोत्तरी गर्नुका साथै पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरी कोशी प्रदेशलाई समृद्ध वनाउन यो कार्यक्रम गर्न लागिएको प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको जसबाट प्रदेशमा पर्यटकको संख्या बसाई अवधिलाई २५ प्रतिशतले बृद्धि गर्ने लक्ष्य

विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये वटा मकालु, ल्होत्से, कञ्चनजङ्घा कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरूको ध्यान आकृष्ट गर्ने उनको भनाइ यस्तै पर्यटकीय गन्तव्यहरू पाथिभरा, वराहक्षेत्र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक धार्मिक सम्पदाहरूले हाम्रो सामाजिक धार्मिक विविधतालाई उजागर गरेको उनले बताएका छन्

पर्यटन वर्षमा पर्यटकीय गन्तव्यहरुको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने उद्देश्य राखिएको रमणीय कोशी भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरिएको

पर्यटन तथा वन मन्त्रालयले आउँदो वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउन ०८२ का लागि ८२ भन्ने नारा अगाडि सारेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए पर्यटन वर्ष २०८२ मा ८२ वटा पर्यटकीय स्थलहरुको पहिचान गर्ने, विकास गर्ने प्रवद्र्धन गर्ने काम प्रदेश सरकारले अगाडि बढाउने उनले बताए

कार्यक्रमका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल आयोजक समिति मुख्यमन्त्रीले तोकेको प्रदेश सरकारको एक मन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन हुनेछ पर्यटन वन तथा वातारण मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन समिति गठन हुनेछ

कार्यक्रमको प्रभावकारीताको लागि विभिन्न विषयगत कार्यदल वा उपसमितिहरु गठन हुनेछन् भने दैनिक प्रशासनका लागि सचिवालय स्थापना गरिनेछ स्थानीय तह गन्तव्य केन्द्रित अन्य समिति वा उपसमितिगठन गरी कार्य सञ्चालन गर्नसकिने मन्त्रालयले जनाएको

पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटकको सवारीमा स्टिकर टाँस्ने स्टिकर टाँसेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने व्यवस्था मिलाएको सरकारले जनाएको प्रदेश सरकारले तयार गरेको स्टिकर शुक्रबार नै कोशी प्रदेश प्रमुख डिआईजी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गरिएको

सरकारले पर्यटन वर्ष २०८२ मनाउन चालु वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको

 

सम्बन्धित समाचार