२०८३ बैशाख ६ गते , आईतबार
श्रीमतीको हत्या गरी फरार चौहान पक्राउ
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं.३ दार्जिलिङ डाँडा स्थित भरत कुमालको घर आगनमा श्रीमतीको हत्या गरी फरार विरबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो ३:५० बजे श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरी अर्जुनधारा वडा नं. ३ जुङगेघारी बस्ने ४६ वर्षीय चौहान फरार भएका थिए ।
फरार चौहानलाई इप्रका अनारमनीको टोलीले ४:५५ बजे जुकेखाडी जंगलमा लुकीछिपी हिडडुल गरि रहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।