२०८३ आश्विन १७ गते , शनिबार

मानेभन्ज्याङ रोलिङ कपको फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ९ गते , शुक्रबार
मानेभन्ज्याङ रोलिङ कपको फाइनल प्रवेश

मेचीनगर । पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४–३ गोल अन्तरले रेडहर्षलाई पाखा लगाउँदै मानेभन्ज्याङले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि मानेभन्ज्याङका पियुस श्रेष्ठ, बालकुमार राई, रोमन भुजेल र श्याम मुर्मुले गोल गरेका थिए । अर्का खेलाडी रोमन भुजेलको प्रहार गोलरक्षकले बचाए । यता रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरेका थिए भने सन्जय श्रेष्ठ र विवेक सुनामको प्रहार पोष्टको दिशा दिन नसकेपछि फाइनल पुग्ने सपना अधुरै रह्यो ।

यता निर्धारित समयमा खेलको २१औँ मिनेटमा मानेभन्जयाङका पियुस कार्कीले गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको २८औँ मिनेटमा रेडहर्ष इलामका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले गोल गर्दै  खेलको नतिजालाई १–१ को बराबरीमा पुर्याए । राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको क्रसलाई सदुपयोग गर्दै मार्टिनले विपक्षीको जाली चुमाएका थिए ।

पहिलो हाफमा १–१ को बराबरीमा खेल सकिएको थियो । दोस्रो हाफमा मानेभन्ज्याङले पाएको थुप्रै अवसरहरु गोलमा परिणत हुन सकेन तर टाइब्रेकरमा पुगेर आफ्नो भाग्यलाई सहि सावित गरायो ।

खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका पियुस ठकुरी घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन्

 

सम्बन्धित समाचार