२०८३ बैशाख ६ गते , आईतबार

बाढीका कारण स्पेनमा २ सय बढीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १७ गते , शनिबार
बाढीका कारण स्पेनमा २ सय बढीको मृत्यु

एजेन्सी । स्पेनमा भीषण बाढीका कारण अहिलेसम्म कम्तिमा २ सय जनाको ज्यान गएको छ । अझै धेरै मानिस बेपत्ता भएको खबर पनि आएको छ । आपतकालीन टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्।
स्पेनमा सबैभन्दा बढी मृत्यु भ्यालेन्सिया क्षेत्रमा भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ । 
सरकारले बाढीको खतराबारे पहिल्यै सचेत गराएको भए यस्तो विनाश नहुने स्पेनका नागरिकहरू बताउँछन्। भ्यालेन्सियाको अल्डाया सहरमा बस्ने जुआन गोन्जालेजले बीबीसीलाई भने, ‘यहाँको क्षति विनाशकारी छ। यो एक क्षेत्र हो जहाँ आकस्मिक बाढीको सम्भावना थियो सु। तर हाम्रो सरकारले यसलाई रोक्न केही गरेन।‘
अर्का स्थानीय अगस्टिनले भने, ‘हामी बसेको फ्ल्याट पूर्ण रूपमा पानीमा डुबेको छ । म आफ्नी श्रीमती र छोराछोरीसँगै मेरो आमाबुवाको घरमा बस्छौँ।’ स्पेनमा शनिबार पनि पानी पर्ने सम्भावना छ ।

सम्बन्धित समाचार