२०८३ बैशाख ६ गते , आईतबार

भेनियर उत्पादनमा नेपाल आत्मनिर्भर, २७ महिनामा झण्डै ६ अर्बको निकासी

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २८ गते , बुधबार
भेनियर उत्पादनमा नेपाल आत्मनिर्भर, २७ महिनामा झण्डै ६ अर्बको निकासी

बिर्तामोड पूर्वीनाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती प्लाइबोर्ड भारत निर्यात भएको २७ महिनाको अवधिमा सो मूल्य बराबरको पत्ती प्लाइबोर्ड निर्यात भएको हो  

२०७९ साउन गतेदेखि २०८१ असोज मसान्तसम्ममा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको मेची प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए

वैदेशिक व्यापार घाटा कम गराउन भेनियर प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको पहाडमा पाइने  उत्तिस, कदम, मौवालगायत कमसल काठ (कुकाठ) बाट भेनियर पत्ती प्लाइबोर्ड उत्पादन हुँदै आएको

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको

नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा कम गर्न राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याइरहेको बताए

हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको उनले बताए झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन्

भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन्

काँकडभिट्टा, विराटनगर भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको बिगतमा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकोमा हाल भेनियर प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उनको भनाइ

सम्बन्धित समाचार