२०८३ बैशाख ५ गते , शनिबार

बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या, राजवंशी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २ गते , आईतबार
बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या, राजवंशी पक्राउ

बिर्तामोड झापाको बाह्रदशी गाउँपालिकामा एक जनाको हत्या भएको बाह्रदशी- फुलबारीका ४५ बर्षीय गंगालाल माझीको हत्या भएको हो

शनिबार साँझ अन्दाजी ९ः२० बजे स्थानीय २६ बर्षीय मानकुमार राजवंशीले माझीलाई रड प्रहार गर्दा उनी सख्त घाइते भई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले ९ः५५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पुरानो रिसीबीका कारण राजवंशीले विवाद निकालेर माझीलाई रड प्रहार गरेको जिप्रका झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए

हत्यामा संलग्न राजवंशीलाई रडसहित पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार