२०८३ आश्विन १७ गते , शनिबार

उपनिर्वाचनमा माओवादीका उम्मेदवार निर्विरोध

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ५ गते , बुधबार
उपनिर्वाचनमा माओवादीका उम्मेदवार निर्विरोध

झापा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ ।

पुथा उत्तरगंगा गाउँपालिका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।

२०७९ को निर्वाचनमा  माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले  २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

सम्बन्धित समाचार