२०८३ बैशाख ६ गते , आईतबार

ब्लड प्रेसर नाप्ने सहि तरिका के हो ?

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ११ गते , मंगलबार
ब्लड प्रेसर नाप्ने सहि तरिका के हो ?

बढ्दो तनाव बदलिंदो जीवनशैलीले धेरै मानिसलाई सानै उमेरमा दीर्घरोगको सिकार बनाइरहेको तनाव खराब जीवनशैलीका कारण देखा पर्ने एउटा प्रमुख समस्या उच्च रक्तचाप पनि हो

रक्तचाप एउटा यस्तो रोग हो जसलाई नियन्त्रण गर्न सकिएन भने हृदयघात वा मस्तिष्कघातजस्ता स्वास्थ्य सम्बन्धी धेरै समस्याको जोखिम बढ्न सक्छ त्यसैले रक्तचापका बिरामीले आफ्नो रक्तचाप नियन्त्रण गर्नु महत्त्वपूर्ण हुन्छ

कम वा बढी रक्तचाप दुवै खतरनाक हुन्छ कसैलाई कम रक्तचापको समस्या हुन्छ भने कसैलाई उच्च रक्तचाप रक्तचापलाई नियन्त्रणमा राख्न यसको जाँच समय समयमा गर्नु आवश्यक हुन्छ

कति हुनुपर्छ ब्लड प्रेसर ?

सामान्य अवस्थामा माथिको सिस्टोलिक ब्लड प्रेसर १२० तलको डायस्टोनिक ब्लड प्रेसर ८० हुनुपर्छ माथिको रक्तचाप १४० भन्दा बढी वा तलको ब्लड प्रेसर ९० भन्दा बढीलाई उच्च रक्तचाप भनिन्छ माथिको रक्तचाप ९० भन्दा कम तलको ६० भन्दा  कम भने त्यसलाई कम रक्तचाप भनिन्छ

प्रेसर नाप्ने तरिका

हतारमा क्लिनिक वा अस्पताल पुग्ने बित्तिकै रक्तचाप जाँच गराउनु हुँदैन हिंडडुल, दौडिएको वा व्यायाम गर्ने बित्तिकै तुरुन्त रक्तचाप परीक्षण गर्नुहुँदैन केही समय पनि आराम गरिसकेपछि मात्र रक्तचाप जाँच गर्नुपर्छ

प्रेसर नाप्नु भन्दा लगभग आधा घण्टा अगाडि चिया, कफी वा चुरोट सेवन गरेको हुनु हुँदैन यसले प्रेसर बढेको देखिन सक्छ चिकित्सकले रक्तचाप नापिरहेको बेला कुराकानी गर्नु हुँदैन रक्तचाप नाप्दा निहुरिएर वा उत्तानो परेर बस्नु हुँदैन, सिधा बस्नुपर्छ

पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन खुट्टालाई उपरखुट्टी लगाउनु हुँदैन यी कुरा गरेमा रक्तचापको सही मापन देखाउँदैन यस्तो अवस्था रक्तचाप जाँच गर्दा उच्च वा गलत मापन देखाउने सम्भावना हुन्छ घरमा जाँच गर्दा पनि यी कुरामा ध्यान दिनुपर्छ सकेसम्म खुट्टाले जमिन टेकेको वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ

रक्तचाप परीक्षण गर्नुअघि पाँच मिनेट शान्तसँग बस्नुपर्छ रक्तचाप परीक्षणका क्रममा शान्त बस्न नबोलीकन शरीर सिधा बनाएर बस्नुपर्छ रक्तचाप परीक्षण गराउँदा बीपी कफले रक्तचाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनुपर्छ लुगाबाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बीपी कफ)लाई बाँध्नु हुँदैन त्यसमाथि बीपी कप बाँधियो भने सही मापन नआउन सक्छ

रक्तचाप जाँच्दा आरामसँग कुर्सीमा बस्नुपर्छ कुर्सीमा बस्दा खुट्टाले भुईं टेकेको हुनुपर्छ भने दुवै हात टेबलमा मुटुको उचाई हाराहारीमा राखिएको हुनुपर्छ दायाँ वा बायाँ दुवै हातबाट रक्तचाप जाँच्न सकिन्छ यो पोजिसनमा केही समय बसेपछि मात्रै रक्तचाप जाँच गर्नुपर्छ यसो गर्दा बीपीको मापन सही हुन्छ

रिङ्गटा लाग्ने व्यक्तिले सुतेरै रक्तचाप जँचाउन सक्छन् सुतेर ब्लड प्रेसर जाँच्दा बसेको तुलनामा कम देखाउँछ तसर्थ रक्तचाप नाप्दा सटिक नतिजा आओस् भन्ने चाहनुहुन्छ भने कुर्सीमा बसेरै नाप्नुपर्छ बसाइ स्थिति गलत भने रक्तचाप मापनमा तलमाथि हुनसक्छ

प्रेसर जाँच गर्दा जुन हात बढी प्रयोग हुन्छ त्यो हातमा जाँच गर्नुपर्छ यदि दाहिने हात धेरै चलाइन्छ भने दाहिने हातमा देब्रे हात बढी चलाइन्छ भने देब्रे हातमा प्रेसर जाँच गर्नुपर्छ किनकि कम प्रयोग हुने हातमा प्रेसर कम हुन्छ

डिजिटल मेसिनले घरमा प्रेसर नाप्ने हो भने पहिलो मापनलाई छोडेर दोस्रो पटक त्यही हातमा नापेर निस्किएको मापनलाई सही मान्नुपर्छ

उपवास बसेको दिन प्रेसर नापियो भने पनि कम आउँछ कुनै बिरामीले व्रत बसेको दिन प्रेसर नापेर कम आएको अब औषधि छोड्न मिल्छ भनेर पनि प्रश्न गर्छन् तर व्रत बसेको दिन भन्दा अन्य सामान्य दिनमा नापेर मात्र सही नतिजा आउँछ

सम्बन्धित समाचार