२०८३ आश्विन १७ गते , शनिबार

उपनिर्वाचनमा माओवादी केन्द्रलाई बोनस, कांग्रेस र एमाले घाटामा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १८ गते , मंगलबार
उपनिर्वाचनमा माओवादी केन्द्रलाई बोनस, कांग्रेस र एमाले घाटामा

बिर्तामोड । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चुनावी नतिजा सुधारेको छ । रिक्त ४४ पदमध्ये ११ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रले २०७९ को निर्वाचनभन्दा तीन स्थानमा बढी जित निकालेको हो ।

माओवादी केन्द्रले पालिका प्रमुख/उपप्रमुखमा १/१ र वडाध्यक्षमा १ सिट बढाएको हो ।

उपनिर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसले हार व्यहोरेको छ । उपनिर्वाचनमा १९ ठाउँमा जित निकालेको कांग्रेसले २०७९ को निर्वाचनमा जितेको ८ स्थान गुमाएको छ । उसले २ पालिका प्रमुख, ३ उपप्रमुख र ३ वडाध्यक्ष पद गुमाएको हो ।

त्यस्तै नेकपा एमालेले ३ वडाध्यक्ष पद गुमाएको छ । उपनिर्वाचनमा एमालेले ८ स्थानमा जितेको हो ।

यता जनता समाजवादी पार्टीले २, नेकपा समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले १/१ वडाध्यक्ष बोनस स्वरुप जित जितेका छन् भने झापाको कनकाई–६ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

 

सम्बन्धित समाचार