२०८३ बैशाख ६ गते , आईतबार

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ पौष १ गते , सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

बिर्तामोड नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको भने डिजेल मट्टितेलको मूल्य घटाएको निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको हो

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैयाँ तोकेको यस्तै डिजेल मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरेको

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा दिपायल तोकेको

डिपोदेखि १५ किलोमिटरसम्मको लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको डिजेलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको

सम्बन्धित समाचार