२०८३ बैशाख ६ गते , आईतबार

सलहेश युवा क्लबद्वारा आर्मी पराजित

sajilo news
परिवेश मिडिया
२०८१ पौष १ गते , सोमबार
सलहेश युवा क्लबद्वारा आर्मी पराजित

बिर्तामोड झापाको बिर्तामोडस्थित डोमालाल रंगाशालामा जारी झापा कप अन्तर्गतको आजको खेलमा सलहेश युवा क्लबले त्रिभुवन आर्मीलाई पराजित गरेको उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्वार्टरफाइनल खेलबाटै बाहिरिएको

सिरहाको सलहेश युवा क्लबसँग गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

सलहेशको जितमा अभि लामा आदित्य शाक्यले गोल गरे खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई को स्थितिमा पुर्याए मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिप्पर विकेश कुथुले बचाउ गर्न सकेनन् कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो

सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिप्पर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए

खेलको ३७औँ मिनेटमा सलहेशका जोराह ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो

आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन खेलको २०आँै मिनेटमा आर्मीका निरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन् उनको फितलो प्रहार सलहेशका गोलकिप्पर दिप कार्कीले सहजै नियन्त्रणमा लिए ५५औँ मिनेटममा आयुष तिमिल्सिनाले गरेको हेडर विफल हुँदा आर्मीका समर्थक निराश भएका थिए

खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए

खेलको प्लेयर अफ म्याच सलहेशका अभि लामा घोषित भए उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए

मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल भारतको जिटिए दार्जिलिङ राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको

सम्बन्धित समाचार