२०८३ बैशाख ५ गते , शनिबार

अपाङ्गता भएका व्यक्तिहरुका लागि बिर्तामोडमा स्वास्थ्य शिविर आयोजना हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ पौष २ गते , मंगलबार
अपाङ्गता भएका व्यक्तिहरुका लागि बिर्तामोडमा स्वास्थ्य शिविर आयोजना हुँदै

बिर्तामोड बिर्तामोड नगरपालिकामा पुस गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर आयोजना हुने भएको

करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य शिविर संचालन हुने भएको हो

नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गरिदिन आग्रह गरिन्

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने बताए अहिलेसम्म भएको ४३ प्रतिशत लगत संकलन कमी भएको भन्दै कुनै पनि प्रकारका अपाङ्गता भएका व्यक्ति छुट्न नहुनेमा उनले जोड दिए

यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार मात्र नभई उनीहरुको शारीरीक जटिलता आवश्यकताको विषयमा समेत लगत संकलन हुने करुणा फाउण्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए

शिविरमा हार्डजोर्नी तथा नसा रोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापिष्ट, मेडिकल डाक्टर, मनोचिकित्सक लगायतका विशेषज्ञहरुको सेवा उपलब्ध हुनेछ

स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उपप्रमुख संग्रौलाको अध्यक्षता तथा नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित बैठकले १० वटा वडामा शिविर सञ्चानको मिति तय गरेको हो

तालिका अनुसार पुस गते नम्बर वडा कार्यालय, पुस गते नम्बर वडा कार्यालय, गते वडा नम्बर को वीर अमरसिंह माध्यमिक विद्यालय, गते नम्बर वडा कार्यालय, गते वडा नम्बर को शहिद लक्ष्मी प्रावि, १० गते वडा नम्बर १०को वडा कार्यालय, ११ गते वडा नम्बर को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर को जनता प्रावि १४ गते वडा नम्बर को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने

सम्बन्धित समाचार