बिर्तामोडमा ‘केटीएम सिटी’को शोरुम सञ्चालनमा
बिर्तामोड । झापाको बिर्तामोडमा केटीएम सिटीको शोरुम सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर केटीएमको १५औँ शाखा बिर्तामोडमा सञ्चालनमा ल्याइएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडको शनिश्चरे ट्याक्सी स्टेण्ड नजिकै रहेको शोरुमको उद्घाटन गरे । युवा व्यवसायीद्वय मनोज सिटौला र विशाल भण्डारीले करिब २ करोड लगानीमा शोरुम सञ्चालनमा ल्याएको बताएका छन् । टोपीदेखि मोजासम्म भन्ने व्यवसायीक नाराका साथ केटीएम सिटीले उत्पादन गरेका सबै किसिमका कपडा शोरुममा उपलब्ध हुने सञ्चालक सिटौलाले जानकारी दिए । नेपालमै फ्याक्ट्री भएकाले यसका उत्पादन सस्तो र गुणस्तरीय रहेको सिटौलाले दाबी गरे ।
नेपाली उपभोक्ताको सस्तो मुल्यमा गुणस्तरीय उत्पादन लगाउने चाहनालाई ध्यानमा राखेर शोरुम सञ्चालनमा ल्याएको अर्का सञ्चालक विशाल भण्डारीले बताए । सबै उमेर समूहले लगाउन मिल्ने कपडा तथा स्पोर्टसका लागि जुत्ता, फुटबल, व्याग आदि शोरुममा उपलब्ध हुने उनले बताए ।
उद्घाटनको अवसरमा बुधबार र बिहीबार १० प्रतिशत छुटको व्यवस्था गरेको सञ्चालकहरुले जनाएका छन् ।