२०८३ बैशाख ६ गते , आईतबार

खेल सम्बद्ध संघसंस्थालाई दर्ता हुन खेलकुद विकास समितिको आह्वान

sajilo news
परिवेश मिडिया
२०८१ पौष १७ गते , बुधबार
खेल सम्बद्ध संघसंस्थालाई दर्ता हुन खेलकुद विकास समितिको आह्वान

भद्रपुर खेलकुद विकास समिति झापाले जिल्लामा क्रियाशील खेलसम्बद्ध संघसंस्थाहरुलाई समितिको कार्यालयमा दर्ता तथा आबद्ध हुन आह्वान गरेको

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रको विकासका लागि आर्थिक वर्ष ०८१÷८२ मा खेल संघ तथा खेल संस्थाहरुका लागि खेलकुद प्रतियोगिताको आधारमा अनुदान कार्यक्रम घोषणा गरेकोले अनुदान प्राप्तिका लागि सम्बन्धित कार्यालयमा दर्ता तथा आबद्धता हुनुपर्ने प्रावधान अनुसार दर्ता तथा आबद्धताका लागि आह्वान गरिएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए उनले पत्रपत्रिका, विद्युतीय तथा सामाजिक सञ्जालमा सूचना नै प्रकाशन गरेर दर्ताका लागि आह्वान गरिएको जानकारी दिए

कोशी प्रदेश खेलकुद विकास बोर्डलेखेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरणसम्बन्धी कार्यविधि२०८१ जारी गरिसकेको भने त्यसैको आधारमा शर्तहरु पूरा गर्ने खेल संस्थाहरुलाई अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालनका लागि बढीमा २८ लाख, राष्ट्रियस्तरको लागि बढीमा २० लाख, प्रदेशस्तरको लागि बढीमा १५ लाख, जिल्लास्तरको लागि बढीमा १० लाख स्थानीयस्तरको खेलकुद प्रतियोगिता सञ्चालनका लागि बढीमा सात लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको बताइएको बोर्डले अनुदानका लागि आवश्यक कागजातसहित १५ दिनभित्र प्रस्ताव पेश गर्न पुस गते सूचना सार्वजनिक गरेको नेम्बाङले बताए

खेलकुद क्षेत्रमा निरन्तर क्रियाशील संघसंस्थाहरुका लागि प्रदेश खेलकुद विकास बोर्डले सार्वजनिक गरेको अनुदान कार्यक्रम एउटा सुनौलो अवसरको  रुपमा आएको बताउँदै झापा जिल्ला खेलकुद विकास समितिका अत्तयक्ष भेषराज भण्डारीप्रशान्तले यो अवसरको उपयोग गर्न झापाका खेल संघ तथा संस्थाहरुलाई आग्रह गरेका छन्

सम्बन्धित समाचार