२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ पौष १८ गते , विहीबार
बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुँदै

बिर्तामोड झापाको बिर्तामोडमा आगामी माघ गतेदेखिबिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१आयोजना हुने भएको सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो

महोत्सवलाई चार भागमा विभाजन गरिएको जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र खानपान क्षेत्र रहेका छन् महोत्सव माघ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो

महोत्सवमा एक सय ५० वटा स्टल रहने छुट्टा छुट्टै चार विधाका अलगअलग  स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए उनका अनुसार महोत्सवमा व्यपारसंगै कृषि क्षेत्रको प्रबद्र्धन गरिने कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाई

झापाकै ठूलो बजारका रुपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने अपेक्षा राखिएको महोत्सवले सानादेखि ठूला व्यवसायी आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको अध्यक्ष न्यौपानेले बताए

महोत्सवमा नेपालसहित भारत, बंगशादेश पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए

प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन्

विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए

महोत्सवमा चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुका स्टल रहने महासचिव कुशल खतिवडाले बताए

महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पार्किङको व्यवस्था हुने संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए

पूर्वी नेपालको व्यापारलाई अन्तर्राष्टियस्तरबाट प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव बिर्तामोड धर्मकाँटा रोड, मंगल एकता टोलको खाली जमिनमा सञ्चालन हुने संघका कोषाध्यक्ष युवारज निरौलाले जानकारी दिए

महोत्सवको दुई लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको

 

सम्बन्धित समाचार