२०८३ आश्विन १७ गते , शनिबार

माओवादीले अघि सार्यो संविधान संशोधनका लागि चार विकल्प

sajilo news
परिवेश मिडिया
२०८१ पौष २० गते , शनिबार
माओवादीले अघि सार्यो संविधान संशोधनका लागि चार विकल्प

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका लागि चारवटा विकल्प अघि सारेको छ । यसबारे शुक्रबार (आज) बसेको स्थायी समिति बैठकमा पनि छलफल भएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए  ।

माओवादीले अघि सारेको विकल्पहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाइने र प्रतिनिधि सभामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने छन् ।

’संविधान संशोधनका कुरा आउँदा हामीले यस्ता प्रस्तावहरू अघि सारेका छौँ,’ प्रवक्ता सापकोटाले भने ।

उनका अनुसार माओवादीले यी विकल्पबारे आइतबार (पर्सि)बाट सुरु हुने केन्द्रीय समिति बैठकमा पनि छलफल गर्नेछ । ’यसबारे केन्द्रीय समिति बैठकमा पनि छलफल हुन्छ,’ उनले भने ।

नेताहरूले यी विकल्पहरूबारे केन्द्रीय समितिले निर्णय नै लिने बताए ।

सम्बन्धित समाचार