२०८३ आश्विन १६ गते , शुक्रबार

चिल्ड्रेनद्वारा सेसेहाङको सफल उपचार

sajilo news
परिवेश मिडिया
२०८१ पौष २० गते , शनिबार
चिल्ड्रेनद्वारा सेसेहाङको सफल उपचार

बिर्तामोड । पाँचथर फिदिमका एक बालककोे बिर्तामोड चिल्ड्रेन अस्पतालले सफल उपचार गरेको छ । 

फिदिम नगरपालिका–१४ का विञ्जेश फागोका चार वर्षिय छोरा सेसेहाङ फागोको अस्पतालले सफल उपचार गरेको भन्दै  परिवारले खुशी ब्यक्त गरेका छन् । बालकको बहुअंग फेल भएको अवस्थामा गत पुस १० गते अस्पताल भर्ना गरिएका बालकको नौ दिन पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

‘छोराको अवस्था अत्यन्त नाजुक थियो,’ बुबा विञ्जेशले भने, ‘हामीले बालबालिकाको मात्रै छुट्टै उपचार हुने यो अस्पतालमा ल्यायौं आज बाबु ठिक भएर घर लैजादैछौं ।’ शुरुमा बालकलाई ज्वरो आएको र निरन्तर वान्ता भएपछि फिदिममा उपचार सम्भव नभएको भन्दै आफुहरुले बिर्तामोड चिल्डे्रन अस्पताल ल्याएको उनले बताए ।

बालकको अवस्था जटिल रहेको तर चिकित्सकको निरन्तरको निगरानीमा उपचार सम्भव भएको चिल्ड्रेन हस्पिटलका प्रबन्ध निर्देशक समेत रहेका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आर्चायले बताए । उनले भने– ‘बालकको बहुअंग फेल भएको थियो । बहुअंग भन्नाले शरिरका अधिकांश अंगले काम नगर्नु हो ।’ आफुहरुले बालकको अत्यन्त जटिल अवस्थाको सफल उपचार गरेको डा.आर्चायको भनाई छ । 

बालकको मृगौलामा समेत संक्रमण भएको र तीन दिनदेखि पिसाब बन्द भएको तथा शरिरको अन्य भागमा समेत संक्रमण फैलिएको अवस्थामा उच्च निगरानीका साथ उपचार गर्न आफुहरु सफल भएको जानकारी दिए । उनले मृगौलामा क्रिएटिनिन डबल बढेर २.१ पुगेको अवस्थामा आफुहरुले सफल उपचार गरेको उनले जानकारी दिए ।

बालरोग विशेषज्ञ डा.आर्चायले कुनै पनि बालकालिकाहरुले निरन्तर वान्ता गरेमा, पखला चलेमा, आलश्य भएमा, दुई दिनसम्म पनि ज्वरो नघटेमा तत्काल अपस्पताल लगेर चिकित्सकको परामर्शमा उपचार गर्नुपर्ने सुझाव दिए । उनले बालबालिकमा रोगप्रतिरोधात्मक क्षमता कम हुनेभएकाले यस्तो अवस्थामा अभिभावकहरुले ध्यान दिनुपर्ने बताए । उनले बालबालिकलाई चेकजाँच नगरी अनावश्यक औषधि नदिन सबैलाई सुझाव दिएका छन् ।

सम्बन्धित समाचार