२०८३ बैशाख ६ गते , आईतबार

जेल चलानको आदेश भएका पूर्व नगर प्रमुख शिवाकोटीलाई बिएण्डसी ल्याइयो

sajilo news
परिवेश मिडिया
२०८१ पौष २२ गते , सोमबार
जेल चलानको आदेश भएका पूर्व नगर प्रमुख शिवाकोटीलाई बिएण्डसी ल्याइयो

बिर्तामोड । आफ्नो घरमा घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपनि बिएण्डसी अस्पताल ल्याइएको छ । पक्राउ परेकै दिनदेखि बिएण्डसी अस्पतालमा बसेका शिवाकोटीलाई उपचारका निमित्त अस्पताल ल्याइएको हो ।
आज झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका थिए । सँगै शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्नसमेत न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको थियो ।
अदालतको आदेश अनुसार उपचारका लागि उनलाई अस्पताल ल्याइएको बताइएको छ । 
उनलाई प्रहरीले मंसिर २३ गते काकरभिट्टाबाट पक्राउ गरेको थियो । 

सम्बन्धित समाचार