२०८३ बैशाख ६ गते , आईतबार
बिर्तामोडमा गर्भपतन गरी फ्याँकिएको मृत भ्रुण फेला
बिर्तामोड । झापाको बिर्तामोडमा गर्भपतन पश्चात फ्याँकिएको मानिसको मृत भ्रुण फेला परेको छ । बिर्तामोड ५ को जात्रुवारीमा गर्भपतन पश्चात फ्याँकिएको अवस्थामा मानिसको मृत भ्रुण फेला परेको हो ।
आज दिउँसो अन्दाजी २ः३० बजे बिर्तामोड–५ जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा अन्दाजी ३/४ महिनाको जस्तो देखिने मृत भ्रुण फेला परेको प्रहरीले जनाएको छ । कहिलेकाँहि फोहोरसमेत फ्याँकिने गरेको एकान्त स्थानमा उक्त भ्रुण फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले बताए । फोहोर फ्याँक्ने स्थानमा फ्याँकिएको भ्रुण कुकरले बाहिर ल्याए जस्तो देखिएको उनले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।