२०८३ बैशाख ६ गते , आईतबार

मेचीनगरको इस्ट होराइजनका प्रिन्सिपल राईलाई अन्तर्राष्ट्रिय सम्मान

sajilo news
परिवेश मिडिया
२०८१ माघ ६ गते , आईतबार
मेचीनगरको इस्ट होराइजनका प्रिन्सिपल राईलाई अन्तर्राष्ट्रिय सम्मान

मेचीनगर इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका  संस्थापक प्रिन्सिपल सञ्जीव राई मेरील्यान्ड स्टेट मेरील्यान्डेडाक्टर अफ फिलोसफी इन एजुकेसन उपाधिबाट सम्मानित भएका छन्

मलेसियामा शुक्रबार आयोजित एक कार्यक्रममा युनिभर्सिटीले प्रिन्सिपल राईलाई उक्त मानार्थ उपाधि प्रदान गरेको हो शिक्षाको माध्यमबाट समुदायमा जागरण फैलाउन योगदान दिएका विश्वभरिका उत्कृष्ट शिक्षासेवीहरुलाई युनिभर्सिटीले उक्त उपाधि दिने गरेको मलेसियाको होटल सनवेमा उपाधि हस्तान्तरण कार्यक्रम राखिएको थियो प्रिन्सिपल राई यसअघि नेपाल सरकाबाट समेत सम्मानित भइसकेका छन्

यसैबीच, इस्ट होराइजन मावि मलेसियामा यसै साता आयोजित विश्व स्कुल शिखर सम्मेलन (वर्ल्ड स्कुल समिट) मा सम्मानित भएको बेस्ट अल राउन्डर स्कुल विधातर्फ प्राप्त उक्त सम्मान विद्यालयका प्रिन्सिपल सञ्जीव राई प्रमुख प्रशासक सावित्री सापकोटा राईले ग्रहण गरेका थिए

मलेसियाको हेल्प युनिभर्सिटीमा यही जनवरी १६ देखि १८ तारिखसम्म आयोजित विश्व स्कुल सम्मेलनमा नेपाल लगायत विश्वका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

औपचारिक पढाइसँगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न उत्कृष्टताका लागि रचनात्मक एवम् कलात्मक क्षेत्रमा विशिष्ट कार्य गरेको कारण इस्ट होराइजनलाई सम्मान गरिएको प्रमुख प्रशासक सावित्री सापकोटा राईले बताइन्

उक्त सम्मेलनमा वर्तमान शैक्षिक अवस्था, ग्लोबल सिटिजन, त्यसका लागि आवश्यक शिक्षाको बारेमा विभिन्न देशका शिक्षाविद्हरुले छलफल गरेका थिए सोही कार्यक्रममा सहभागिताको सिलसिलामा विद्यालयका प्रिन्सिपल सञ्जीव राई प्रमुख प्रशासक सावित्री सापकोटा राई हाल मलेसिया भ्रमणमा छन्

सम्बन्धित समाचार