२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा व्यापार महोत्सव शुरु, मुख्यमन्त्री डेढ घण्टा ढिलो आउँदा रिसाए आयोजक

sajilo news
परिवेश मिडिया
२०८१ माघ ८ गते , मंगलबार
बिर्तामोडमा व्यापार महोत्सव शुरु, मुख्यमन्त्री डेढ घण्टा ढिलो आउँदा रिसाए आयोजक

बिर्तामोड आजबाट झापाको बिर्तामोडमा एपोलो पेन्टस् बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे   

कोरोना कहरपछि थलिएको व्यापार व्यवसायका कारण व्यवसायीमा आएको नैराष्यतालाई उर्जामा बदल्न व्यापार व्यवसायलाई चलायमान बनाउने उद्धेश्यले बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो

महोत्सको उद्घाटन गर्दै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग पर्यटनमा जोड दिनुपर्ने बताए सरकारको नीति योजनापनि औद्योगिक पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उनको भनाई थियो

प्रदेश सरकारले २०८० साललाई पर्यटन वर्ष घोषणा गरिसकेको स्थानीय उत्पादन स्वरोजगार मुलक उद्यमको प्रर्वद्धनमा पर्यटन वर्षले थप टेवा पुग्ने मुख्यमन्त्री कार्की विश्वास लगानी सम्मेलन चिया सम्मेलन समेत गरिने आगामी वर्ष दश करोड भन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई उनले आग्रह गरे

कार्यक्रममा बोल्दै प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने बताए

प्रमुख अतिथी आउन ढिला गरेपछि रिसाए आयोजक

दिउँसो बजे शुरु गर्ने भनिएको कार्यक्रम प्रमुख अतिथी मुख्यमन्त्री कार्की आउन घण्टा ढिला गरेपछि आयोजकले कार्यक्रम शुरु गरेका थिए उद्घोषक केशव भट्टराईले बजे मुख्यमन्त्री कार्यक्रमस्थल आइपुग्नै लागेको भन्दै अन्य अतिथीहरुलाई आशनग्रहण गराएपनि अरु आधा घण्टा ढिला गरी कार्की आएका थिए अन्य अतिथीको आशनग्रहण भइसकेको सहभागीहरुसमेत हिडन् सम्भावना भएपछि उद्घोषकले कार्यक्रम शुरु गरेका थिए

उपस्थित सहभागीलाई स्वागत गर्ने क्रममा महोत्सवका संयोजक समेत रहेका बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विशाल थापाले निर्धारित समयमा कार्यक्रम शुरु गर्न नसकेकोमा क्षमा मागे उनले कार्यक्रममा निम्ता गरिएका अतिथीहरु समयमा आइदिनु पर्ने भन्दै आफ्ना मन्तव्य अघि बढाए

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आयोजक संस्थाका अध्यक्ष राजु न्यौपानेले दलका नेताहरुले कार्यक्रमको प्रमुख अतिथीलाई समयमा कार्यक्रम स्थलमा ल्याइदिनु पर्ने भन्दै घुमाउरो भाषामा रोष प्रकट गरे

कार्यक्रममा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकाल, बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेदमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए

सम्बन्धित समाचार