२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड महोत्सवमा महिला उद्यमीले राखे अनेक उत्पादन

sajilo news
परिवेश मिडिया
२०८१ माघ ९ गते , बुधबार
बिर्तामोड महोत्सवमा महिला उद्यमीले राखे अनेक उत्पादन

बिर्तामोड झापाको बिर्तामोडमा मंगलबारदेखि जारी एपोलो पेन्टस् बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरु राखिएको ताप्लेजुङदेखि जुम्लासम्मका उद्यमी महिलाले उत्पादन गरेका विभिन्न उत्पादनहरु महोत्सवको स्टलमा राखिएको हो

जुम्लाकी गंगादेवी राउतले आफ्नै खेतबारी जिल्लामा उत्पादित अग्यार्निक कोदो, फापर , मकै , जौं, गहुँको पिठो मार्सी धानको चामल लिएर उनी महोत्सवको स्टलमा बसेकी छिन् त्यस बाहेक जडिबुटीको चिया, जिम्मु दाँते ओखरपनि उनको स्टलमा रहेको

पोखराकी संगीता गुरुङले रुकुम डोल्पाको सिमा क्षेत्रबाट भीर माहुरीको मह ल्याएकी छिन् उनको स्टलमा औषधीय गुण भएको मह लेकाली भेडाको ध्यूसमेत उपलब्ध

ताप्लेजुङस्थित  फुङ्लिङकी माया गुरुङले अलैंचीको सराबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी छिन् उनले अलैँचीको सराबाट बनेको बस्ने मुढा, पिरा, ढाकी लगायत सामाग्री राखेकी छन्

अग्यार्निक कपुरधुप उत्पादन प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु परामर्श सहित महोत्सवको स्टलमा पुगेकी छिन्

झापाकै जिना बस्नेत १२ वटा फरक÷फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् उनको स्टलमा हस्तकलाका माला, कुसन गुडिया भेटिन्छन् च्याउको सुकुटीपनि उनले राखेकी छिन् सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको स्वरोजगार मुलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम , बंगलादेशी गार्मेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन्

वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अग्र्यानिक खाजाका रुपमा सेलरोटी तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले जनाएकी छिन् महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन्

सम्बन्धित समाचार