२०८३ आश्विन १७ गते , शनिबार

समाजवादी प्रेस संगठन झापा अध्यक्ष दाहालद्वारा संगठन परित्याग

sajilo news
परिवेश मिडिया
२०८१ माघ १० गते , विहीबार
समाजवादी प्रेस संगठन झापा अध्यक्ष दाहालद्वारा संगठन परित्याग

बिर्तामोड । नेकपा एकिकृत समाजवादी निकट पत्रकारहरुको संगठन ‘समाजवादी प्रेस संगठन’ झापाका अध्यक्ष शम्भुजीत दाहालले संगठन परित्याग गरेको घोषणा गरेका छन् ।

मुल पार्टी नेकपा एकिकृत रोङ गाउँपालिका इलामको अध्यक्षको समेत जिम्मेवारीमा रहेका उनले सामाजिक सञ्जाल (फेसबुक)मार्फत संगठनका साथै पार्टीको समेत जिम्मेवार परित्याग गरी स्वतन्त्र बनेको बताएका छन् ।

‘नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना कालदेखि आजसम्मको यात्रामा मलाई साथ सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार । म आजैको मितिबाट नेकपा एसको रोङ गाउँ कमिटी अध्यक्ष, इलाका जिल्ला सदस्य, युवा संघ नेपाल र समाजवादी प्रेस संगठनको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराउन चाहन्छु ,’ उनले लेखेका छन् । 

उनले नेताहरुसँगको असन्तुष्टिका कारण जिम्मेवारी त्यागेको बुझिएको छ । फेसबुकमा अर्को स्टाटस लेख्दै उनले आफ्‌नै मेहेनतले त्यस ठाउँसम्म पुगेको बताएका छन् । उनले नेताहरुलाई आफ्‌नो चिन्ता गर्न भनेका छन् ।

सम्बन्धित समाचार