२०८३ आश्विन १७ गते , शनिबार

अखिल क्रान्तिकारीको मतदान जारी

sajilo news
परिवेश मिडिया
२०८१ माघ १२ गते , शनिबार
अखिल क्रान्तिकारीको मतदान जारी

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको नेतृत्व चयनका लागि आज सात वटै प्रदेशमा निर्वाचन भइरहेको छ ।

प्रदेश १ को सुनसरीको धरानमा शान्तिपूर्ण वातावरणमा निर्वाचन भइरहेको फ्याक्सन इञ्चार्ज सीपी कडरियाले जानकारी दिए । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी ११ः३० देखि निर्वाचन भइरहेको उनले बताए । धरान–१५ स्थित चुम्लुङ भवनमा निर्वाचन भइरहेको छ ।

दिउँसो ४ः२० बजेसम्ममा २ सय जनाले मतदान गरिसकेको कडरियाले बताए । प्रदेश १ मा ३३० जना मतदाता रहेकाछन् ।

 

सम्बन्धित समाचार