२०८३ बैशाख ६ गते , आईतबार

भद्रपुर अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १ गते , विहीबार
भद्रपुर अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

बिर्तामोड । भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १-० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमालाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको  जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो ।
उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच बनेकी पालुङवाले नगद ५ हजार प्राप्त गरिन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल भोलि शुक्रबार कन्काइ नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

सम्बन्धित समाचार