२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुर झापा गोल्ड कप : भुटानको डागा युनाइटेडद्वारा एपीएफ पराजित

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १२ गते , सोमबार
भद्रपुर झापा गोल्ड कप : भुटानको डागा युनाइटेडद्वारा एपीएफ पराजित

भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको सेमिफाइनलमा भुटानले झापा११ एफसीको सामना गर्नेछ

भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो  

अत्यन्तै रोमाञ्चक खेलको ३४औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो

त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो खेलको ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे खेलको ५९औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई मा ल्याए

मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए खेलको ६३औँ मिनेटमा भुटानले को अग्रता बनायो एपिएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे दुईजना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए

दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले खेललाई पुर्यायो भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे

खेलको प्लेयर अफ म्याच भुटानका खेमराज भुजेलले भए उनले नगद २१ हजार ट्रफी पाए

खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भुटानका प्रशिक्षक दोर्जी खन्डुले एपिएफसँगको खेलमा संघर्षपूर्ण जित निकालेको बताए टिममा भुटानसहित केही बाहिरका खेलाडी रहेकोले फाइनल प्रवेशका लागि केही खेलाडी परिवर्तन गर्ने उनको भनाइ

त्यस्तै, एपिएफका प्रशिक्षक मिलन राईले केपी ओेली कप खेलेको टिम नै झापा आएको खेलाडीले विश्राम गर्न नपाउँदा टिमले हार व्यहोर्नु परेको बताए एन्फाले प्रतियोगिता जुधाएका कारण टिमसहित खेलाडीहरूमाथि असर परिरहेको उनको भनाइ

सम्बन्धित समाचार