२०८३ आश्विन १७ गते , शनिबार

भ्रष्टाचारीको संरक्षणका लागि अहिलेको सरकार बनेको हो : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १४ गते , बुधबार
भ्रष्टाचारीको संरक्षणका लागि अहिलेको सरकार बनेको हो : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाएका छन् ।

हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’का क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको दाबी गरेका हुन् ।

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने ।

उनले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको  बताए ।

यसबाहेक अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्नू र राष्ट्रिय एकता सुदृढ गर्नु रहेको उनको भनाइ छ ।

 

 

सम्बन्धित समाचार