२०८३ आश्विन १७ गते , शनिबार

पूर्व राजाको स्वागतका लागि गए राजेन्द्र

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २५ गते , आईतबार
पूर्व राजाको स्वागतका लागि गए राजेन्द्र

बिर्तामोड । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि अरु नै नेतालाई पठाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफुपनि गएका छन् ।

पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई लिङ्देनले शाहको स्वागतका लागि जिम्मा  दिएपनि अन्ततः आफुपनि कार्यक्रममा सहभागी भएका छन् ।

शाह पोखराबाट ३ बजेको समिट एयरको चार्टर विमानमार्फत काठमाण्डौ आउने भएपछि उनको स्वागतमा राजावादीहरुको सडकमा बाक्लो उपस्थिती देखिएको छ । विमानस्थलमा भिड लाग्ने भएपनि प्रहरीले टिकट नहुनेहरुलाई त्रिभुवन विमानस्थल गेट बाहिरै रोकेको थियो ।

दुर्गा प्रसाईले पूर्व राजा शाहलाई गद्धीमा बसाउने हवला दिएपनि अन्य राजनीतिक दलहरु सशंकित बनेका छन् भने काठमाण्डौमा आज सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित समाचार