२०८३ आश्विन १७ गते , शनिबार

प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : प्रतिपक्षी दलको सहभागिता मुख्यमन्त्रीसँगको वार्तापछि टुंगो लाग्ने

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २७ गते , मंगलबार
प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : प्रतिपक्षी दलको सहभागिता मुख्यमन्त्रीसँगको वार्तापछि टुंगो लाग्ने

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनको सम्बोधन रहने प्रदेशसभा बैठकमा विपक्षी दलहरु सहभागी हुने/नहुने बिषय टुंगिसकेको छैन ।

‘अहिले मुख्यमन्त्रीसँग छलफल छ, त्यसपछि सहभागी हुने नहुने बिषय टुंगो लाग्छ,’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो मौसमले भने । विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको  मुख्यमन्त्रीले जवाफ नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने बिषयमा छलफल गरेका थिए ।

यसअघि आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको अहिलेकै अवस्था रहे आफूहरूले प्रधानमन्त्रीको सम्बोधनमा बस्न बाध्य नहुने चेतावनी दिएका थिए । उनले विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

 

सम्बन्धित समाचार