२०८३ बैशाख ६ गते , आईतबार

फ्रि भिसा र रोजगारीको ग्यारेन्टी नदिन कन्सल्टेन्सीलाई मन्त्रालयको निर्देशन

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २९ गते , विहीबार
फ्रि भिसा र रोजगारीको ग्यारेन्टी नदिन कन्सल्टेन्सीलाई मन्त्रालयको निर्देशन

काठमाण्डौ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ निकायलाई फ्रिभिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइने लगायतका प्रलोभन नदिन निर्देशन दिएको

परामर्शदातृ निकायले सेवाग्राहीलाई प्रलोभन दिने गरेको गुनासो आएपछि मन्त्रालयले बुँदे निर्देशन जारी गरेको जसमा मन्त्रालयले अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि भनेको

मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्न कन्सल्टेन्सीहरूलाई निर्देशन दिएको

वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्शसम्बन्धी सेवा लिन सेवाग्राहीलाई सरकारले आग्रह गरेको

कुनै पनि संस्था कानुन सम्मत स्थापना नभएको सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति लिएको रहेनछ भने स्थानीय प्रशासन प्रहरीलाई जानकारी गराई सहयोग गर्ने,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको

 

सम्बन्धित समाचार