२०८३ बैशाख ५ गते , शनिबार

फेरि बढ्यो सुनको मूल्य

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ५ गते , मंगलबार
फेरि बढ्यो सुनको मूल्य

काठमाण्डौ । मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।
यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार