२०८३ आश्विन १७ गते , शनिबार

अर्जुनधाराका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा महिलाहरुको स्वास्थ्य जाँच

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ७ गते , विहीबार
अर्जुनधाराका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा महिलाहरुको स्वास्थ्य जाँच

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० का ज्येष्ठ पुरुषहरुलाई सम्मान तथा महिलाहरुको स्वास्थ्य जाँच गरिएको छ । मंगलबार अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा ट्रष्ट टीम नेपालले कार्यक्रम आयोजना गरेको हो ।

ट्रष्ट टीम नेपाल स्वास्थ्य विभागको आयोजनामा सम्पन्न कार्यक्रममा ८१ जना महिलाको स्तन तथा पाठेघरको मुखको जाँच गरिएको अर्जुनधारा १० की स्वास्थ्यकर्मी शर्मिला घिमिरेले जानकारी दिइन् । पाठेघरको मुखको जाँचमा दुई जना बिरामीमा क्यान्सरको शंका देखिएकाले रेफर गरिएको छ । त्यस्तै आङ खस्ने समस्या भएका १५ जना महिलाको जाँच गरि दुई जनामा रिङ राखिएको उनले बताइन् ।

त्यस्तै करिब १५० जना ज्येष्ठ नागरिकहरुलाई खदाले सम्मान गर्नुका साथै फलफुल वितरण गरिएको थियो ।

ट्रष्ट टीम नेपालकी उपाध्यक्ष यशोदा उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र नेउपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार