२०८३ आश्विन १७ गते , शनिबार

कांग्रेसनिकट नेपाल थारु संघ झापा गठन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १० गते , आईतबार
कांग्रेसनिकट नेपाल थारु संघ झापा गठन

झापा । नेपाली कांग्रेसनिकट जनवर्गीय संगठन नेपाल थारु संघ झापा गठन भएको छ । पहिलो अधिवेशनले  पुष्पलाल चौधरीको अध्यक्षतामा  समिति  गठन गरेको हो । 

अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा लवकुमार चौधरी, सचिव हरिकुमार चौधरी, सहसचिवमा  शेषलाल चौधरी र कोषाध्यक्षमा भगवान चौधरीलाई चयन गरेको छ ।  १३ सदस्यीय समितिको सदस्यहरुमा  महादेव चौधरी,  विष्णुकुमार चौधरी,  मोतिलाल चौधरी,  विष्णुकुमारी चौधरी, श्यामलाल चौधरी,  मैनाकुमारी चौधरी,  सुशिला चौधरी र राधा चौधरी रहेका छन् । 

त्यस्तै  तेजनारायण चौधरी र राजनारायण चौधरी रहेको दुई सदस्यीय  सल्लाहकार  समितिसमेत गठन भएको छ ।  पुष्पलाल   चौधरीको अध्यक्षता र नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि (सुनसरी) तथा  नेपाल थारु संघकी केन्द्रीय सदस्य  सुशिला चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  नेपाल  लोकतान्त्रिक  आदिवासी  जनजाति  महासंघ  झापा क्षेत्र नं २ का  अध्यक्ष लवकुमार चौधरीले  स्वागत मन्तव्यसहित  कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि सुशिला चौधरी,  विशिष्ट अतिथि  नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ,  थारु कल्याणकारिणी  सभाका पूर्व  केन्द्रीय सदस्य तेजनारायण  चौधरीलगायतले  शुभकामना मन्तव्य  राखेका थिए ।  कार्यक्रमको संचालन  हरिकुमार चौधरीले गरेका थिए ।    

 

सम्बन्धित समाचार