२०८३ आश्विन १७ गते , शनिबार

कुलमान घिसिङ हटाइनु सामान्य : प्रधानमन्त्री ओली

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १३ गते , बुधबार
कुलमान घिसिङ हटाइनु सामान्य : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विषय सामान्य रहेको बताएका छन् ।

बुधबार (आज) काठमाडौंमा आयोजित स्वयम्सेवक भेला २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘यो सामान्य विषय हो। एउटा हटायो सरकारले, अर्को नियुक्ति र्गयो, सकियो, उनले भने ।

उनले अगाडि भने, ‘सरकाले एउटा कर्मचारी निकाल्यो रे, ठूलो घाटा र्पयो अरे कसैलाई । उनीहरू छाती पिटीपिटी रोइरहेका छन्।’

उनले त्यही विषयलाई ठूलो मानेर संसद् अवरुद्ध गर्नु लज्जास्पद भएको पनि बताए । ‘सरकारलाई काम गर्न नदिन, कानून बनाउन नदिने खेल सुरु भएको छ, यो कुरा हामीले बुझेका छौँ,’ उनले भने ।

सम्बन्धित समाचार