२०८३ बैशाख ५ गते , शनिबार

कोशी पर्यटन बर्ष चैत्र २७ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २२ गते , शुक्रबार
कोशी पर्यटन बर्ष चैत्र २७ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

बिर्तामोड कोशी प्रदेशले मनाउनेकोशी पर्यटन वर्ष २०८२ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार तेह्रथुमको तिनजुरे क्षेत्रमा चैत २७ गते पर्यटन वर्ष २०८२ उद्घाटन हुनेछ मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन वर्षको मस्कट कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेलाई बनाइएको

कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान नारा तय भएको पर्यटन वर्षको लोगोमा कोशी टप्पुमामात्र पाइने अर्ना, सगरमाथा, पहाड, तराई, कोशी नदी, सुन्दर प्राकृतिक सम्पदा राष्ट्रिय झण्डा राखिएको लोगो मस्कट बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सार्वजनिक गरे पर्यटन वर्षका लागि सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको

कोशी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बराह क्षेत्र, हलेसी, पाथीभरा रामधुनीको विषेश प्रवर्धन गर्ने तयारी पर्यटन वर्षका लागि भारतसँगको चारमुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गर्ने तयारी कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा छन् नयाँ विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र १६ वटा छन्

पर्यटन वर्षका आउने पर्यटकलाई सेवा दिन प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् अन्य साना होटल तथा होमस्टेहरु छन्   कोशी प्रदेशमा जम्मा १०५ वटा होमस्टे रहेको मन्त्रालयले तथ्याङ्क ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड छन् स्थानमा र्याफ्टिङ पनि पर्यटन वर्षमा प्रवर्धन गरिने मन्त्रालयले जनाएको

सम्बन्धित समाचार