२०८३ आश्विन १६ गते , शुक्रबार

प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरलाई

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २४ गते , आईतबार
प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरलाई

बिर्तामोड । नगरमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले जितेका छन् ।

बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् । आकाशले ६–१ को सोझो सेटमा विशाललाई पराजित गरेका हुन् । फाइनल खेल बेस्ट अफ इलिभेन फर्मेटमा सञ्चालित थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आकाशले ४० जना प्रतिस्पर्धीलाई पछि पारेर उपाधिसँगै नगद २५ हजार र ट्रफी पाए । उनी हाइएस्ट ब्रेक (४८) बन्दै थप नगद ५ हजार र ट्रफी जित्न सफल भए ।

फर्स्ट रनरअप बनेका विशालले नगद ११ हजार र ट्रफीमा चित्त बुझाए । विजेता तथा उपविजेता दुवै जनालाई बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौला, आयोजक समितिका अध्यक्ष विकास गिरी, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।

बिर्तामोड–४ को वडा खेलकुद विकास समिति सहआयोजक तथा बिर्तामोड स्नुकरको समन्वयमा आयोजित स्नुकर प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने खेल संयोजक विशाल अग्रवालले जनाएका छन् ।

सम्बन्धित समाचार