२०८३ बैशाख ५ गते , शनिबार

कोशी पर्यटन बर्षको उद्घाटन आज

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २७ गते , बुधबार
कोशी पर्यटन बर्षको उद्घाटन आज

बिर्तामोड कोशी प्रदेशको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यलेकोशी पर्यटन बर्ष २०८२ को आज उद्घाटन गरिँदैछ   २०८१ सालमा कोशी प्रदेशमा १० लाख पर्यटक भित्राउने लक्ष्य सहित आज पर्यटन वर्षको उद्घाटन गर्न लागिएको हो

पर्यटनबाट हजार नयाँ रोजगारी सिर्जना गर्ने तयारी सहित तेह्रथुम,सङ्खुवासभा, ताप्लेजुङको सङ्गम स्थल तिन जुरे मिल्के जलजले क्षेत्रमा रहेको आर आर गार्डेनबाट पर्यटन वर्षको उद्घाटन गर्न लागिएको हो

पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री भने नआउने भएका छन् पर्यटन वर्षको उद्घाटन उप प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने भएका छन्

कोशी प्रदेशलाई पर्यटनको केन्द्रको रूपमा पहिचान स्थापित गर्न पर्यटन वर्षको आयोजना गरिएको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए उनले भने, ‘कोशी प्रदेशको पर्यटनबाट आर्थिक समृद्धि सम्भव यसका लागि ८२ लाई आधार वर्ष बनाउन चाहन्छौ

उनका अनुसार यो वर्ष प्रदेशमा मात्रै होइन देश विदेशमा कोशी प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार हुनेछ यहाँका उत्पादनहरूको पहिचान गरी यही वर्षमा ब्राण्डिङ गरिने मुख्यमन्त्री कार्कीले बताए

पर्यटन वर्ष सफल बनाउन सय भन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भएको यस्तै बन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको

निर्देशक समितिका सह संयोजकमा सरकारले भविश श्रेष्ठ कृष्ण साहलाई नियुक्त गरेको प्रदेश सरकारले प्रदेश सरकारले ८२ का ८२ गन्तव्य भनेर नारा नै बनाएको

कोशीमै पहिलो पाइला टेक्ने विदेशीको सङ्ख्या वार्षिक ६०६५ हजारको हाराहारीमा हुने अनुमान सरकारको यो कुल पर्यटकको पाँच प्रतिशत जति मात्रै हो त्यसमा पनि कोशी प्रदेश आउने विदेशी पर्यटकमध्ये ९३ प्रतिशत खुम्बु क्षेत्र जाने गरेका छन् भारत लगायतका देशबाट वार्षिक लाख भन्दा बढी पर्यटक नियमित आउने गरेको सरकारको अनुमान

कोशी प्रदेशमा विभिन्न चारवटा पदमार्ग निर्माण भइरहेका छन् मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग चियाबारी पदमार्ग निर्माणको लागि स्विस सरकारसँग सम्झौता भइसकेको

अर्ब ३५ करोड लागतको यो परियोजनाले २९ वटा पालिकालाई छुन्छ २०८५ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यो पदमार्गको निर्माणपछि कोशी प्रदेशको पर्यटनलाई ठुलो सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा

सम्बन्धित समाचार