२०८३ बैशाख ६ गते , आईतबार

झापा जिल्ला सहकारी संघमा एमाले–कांग्रेस बिच लफडा

sajilo news
पुष्प खड्का
२०८२ बैशाख ११ गते , विहीबार
झापा जिल्ला सहकारी संघमा एमाले–कांग्रेस बिच लफडा

बिर्तामोड झापा जिल्ला सहकारी संघको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस नेकपा एमालेबिच मनोनयनमा लफडा भएको लिखित सहमति विपरित उम्मेदवार मनोनयन भएपछि कांग्रेसएमालेबिच लफडा भएको हो  

संघको २२ सदस्यमध्ये नेकपा एमालेले १५ नेपाली कांग्रेसले सदस्य लिने सहमति भएको थियो तर उक्त सहमति विपरित पार्टीले उम्मेदवार मनोनयन गराएपछि टकराव उत्पन्न भएको हो

कांग्रेस एमालेले चैत्र २३ गते गरेको लिखित सहमति अनुसार कांग्रेसको भागमा वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, खुल्ला महिला सदस्य जना, लेखा सुरपरिवेक्षण समिति सदस्य जना क्षेत्र नम्बर को सदस्य परेको थियो त्यस्तै एमालेको भागमा अध्यक्ष, खुल्ला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, खुल्ला सदस्य जना, खुल्ला महिला सदस्य जना, लेखा सुरपरिवेक्षण समिति संयोजक, सदस्य महिला क्षेत्र नम्बर , को सदस्यसहित महत्वपूर्ण पदहरु परेको थियो सहमति पत्रमा नेपाली कांग्रेसको तर्फबाट झापा सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाई नेपाली कांग्रेस सहकारी विभाग प्रमुख दुर्गा सापकोटाले हस्ताक्षर गरेका छन् भने एमालेको तर्फबाट झापा अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश सदस्य घनश्याम अधिकारी एमाले सहकारी विभाग प्रमुख हरिदास ढुंगानाले हस्ताक्षर गरेका छन्

तर, लिखित सहमति विपरित एमालेको भागमा परेको सचिव पदमा नेपाली कांग्रेसको तर्फबाट युवराज गिरी, कांग्रेसको भागमा परेको सहसचिव पदमा एमालेको तर्फबाट टसबहादुर प्रधान कांग्रेसको भागमा परेको क्षेत्र नम्बर को सदस्यमा एमालेले उम्मेदवारी हालेपछि गठबन्धनमा टकराव सिर्जना भएको बताइएको उम्मेदवारी दर्ता भइसकेपछि नेपाली कांग्रेसले सचिव पदका उम्मेदवार गिरीलाई पार्टीको आधिकारिक उम्मेदवार नभएको बताउँदै आएको तर, एमाले नेताहरु कांग्रेसको उक्त स्पष्टोक्तीमा सहमति जनाउन तयार छैनन् हिजो वार्ता टोलीमा आफ्नो तर्फबाट सदस्यको रुपमा स्वीकार गरेको कांग्रेसले गिरी जीलाई आफ्नो उम्मेदवार होइन भन्दा कसरी पत्याउनु ?एक नेताले शंसय व्यक्त गरे यता, क्षेत्र नम्बर को सदस्यमा एमालेको तर्फबाट युवराज गौतम कांग्रेसको तर्फबाट लवकुमार चौधरीले मनोनयन दर्ता गराएका छन्

एमालेभित्रै लफडा

लिखित सहमति अनुसार खुल्ला उपाध्यक्ष एमालेको भागमा परेपनि उम्मेदवारबिच सहमति कायम गराउन नसक्दा एउटा पदमा जनाले उम्मेदवारी दिएका छन् अर्जुन दंगाल, डिल्ली दाहाल नारायणप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्

लेखा सुपरिवेक्षण संयोजकमा एमालेकै खडानन्द गुरागाई चुडामणि ओझाले उम्मेदवारी दिएका छन्

यता एमालेको भागमा परेको क्षेत्र नम्बर को सदस्यमा एमालेका उम्मेदवार मापदण्ड भित्र नपर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार तिलकप्रसाद सिंह राजवंशी निर्विरोध निर्वाचित भएका छन्

लिखित सहमति विपरित सदस्य मनोनयन भएपछि गठबन्धन कायम राख्न भन्दै अन्तिम अवस्थासम्म सहमति कायम गराउन नेताहरु लागि परेपनि सम्भव नभएपछि निर्वाचन समितिले बिहीबार साँझ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको

अन्तिम नामावली अनुसार अध्यक्षमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्षमा देवि निरौला बस्नेत, कोषाध्यक्षमा केशव बस्नेत, महिला सदस्यहरु विन्दाकुमारी थापा, निलाकुमारी दाहाल, संगीता गजुरेल, पुष्पा अधिकारी चम्लागाई, क्षेत्रीय सदस्यहरु क्षेत्र नम्बर बाट देविमाया अधिकारी, बाट हरिकृष्ण अधिकारी बाट तिलकप्रसाद सिंह राजवंशी निर्विरोध निर्वाचित भएका छन् त्यस्तै लेखा सुपरिवेक्षण सदस्यमा मिलन आचार्य राजेन्द्रप्रसाद रिजालपनि निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य विश्वेश्वर प्रसाद भट्टराई (विपी)ले जानकारी दिए

संघमा ३१३ मतदाता संख्या रहेको संघको निर्वाचन वैशाख १३ गते बिर्तामोडस्थित सिटी सेन्टरमा हुनेछ  

 

 

सम्बन्धित समाचार