२०८३ बैशाख ६ गते , आईतबार
पौडेल सहकारी संघको निर्वाचनमा सहभागी नहुने
बिर्तामोड । झापा जिल्ला सहकारी संघको निर्वाचन प्रक्रियामा कृष्ण पौडेल सहभागी नहुने भएका छन् । खुल्ला सदस्य पदका उम्मेद्वार पौडेल दलीय भागबन्डाप्रति असन्तुष्टी जनाउँदै निर्वाचन प्रक्रियामा सहभागी नहुने भएका हुन ।
'सहकारी अभियानमा राजनीति हुनु हुँदैन तर, कांग्रेस र एमालेले भागबण्डा नै गरेर चुनाव गर्ने कुराप्रति मेरो असहमति छ,' परिवेश मिडियासंग उनले भने, 'सहकारी अभियानलाई राजनीतिभन्दा अलग गरेर अगाडि बढाउनु पर्छ भन्ने मान्यताले निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हुँ।'
सहकारीप्रतिको आम दृष्टिकोण गलत भई रहेको अवस्थामा यसलाई सही ढंगबाट अगाडि बढाएर आम मानिसको मन जित्न सक्नु पर्ने पौडेलले बताए ।