२०८३ आश्विन १७ गते , शनिबार

रविन्द्र मिश्रमाथि प्रहरीको ज्यादती

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १५ गते , सोमबार
रविन्द्र मिश्रमाथि प्रहरीको ज्यादती

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले अपमानजनक व्यवहार गरेको छ । आज म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो ।

प्रहरीले थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडी सहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सार्वजनिक भएको छ । मिश्रले हत्कडीसहितको हात उठाएर अदालततर्फ ‘नमस्कार’ गर्न खोजे । तर, प्रहरीले उनको हातमै समातेर रोके ।

प्रहरीले रोक्दै गर्दा मिश्रले भनेका थिए, अदालतलाई नमस्कार गर्नुपरेन ?

घटनास्थलमा रहेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले प्रहरीबाट ज्यादतिपूर्ण व्यवहार देखाइएको बताए ।

‘राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण एउटा प्रमुख दलको वरिष्ठ उपाध्यक्षलाई यो किसिमको व्यवहार गरिनु भर्त्सनापूर्ण छ’, उनले भने ।

यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो । तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएन । 

मिश्रलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

सम्बन्धित समाचार