२०८३ आश्विन १७ गते , शनिबार

शिक्षक–सरकार वार्ता निष्कर्षविहीन, आज टुङ्ग्याउने सहमति

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १७ गते , बुधबार
शिक्षक–सरकार वार्ता निष्कर्षविहीन, आज टुङ्ग्याउने सहमति

झापा । विगत २८ दिनदेखि काठमाण्डौको सडकमा आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो ।

शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।

‘हामी सहमतिको नजिक पुगेका छौ । बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ । वार्ता बुधबार टुंगो लाग्छ ।’

उनका अनुसार कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ ।

लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।

यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।

यी हुन् ९ बुँदेमा रहेका विषय

  • विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
  • सामाजिक सुरक्षा कोष
  • दुर्गम भत्ता
  • ग्रेड समायोजन
  • मर्यादा क्रम
  • अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
  • निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।
  • राहत शिक्षक लगायत ।

सम्बन्धित समाचार