२०८३ बैशाख ५ गते , शनिबार

भारत-पाकिस्तान युद्ध रोक्न अमेरिकाको आग्रह

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २६ गते , शुक्रबार
भारत-पाकिस्तान युद्ध रोक्न अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएकी हुन् ।
उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’

सम्बन्धित समाचार