२०८३ आश्विन १७ गते , शनिबार

कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्न आदेश

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३१ गते , बुधबार
कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्न आदेश

बिर्तामोड । सहकारी ठगीको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत, काठमाण्डौका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला अदालत, काठमाण्डौका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार उनलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा दुई पटक सञ्चालक बनेकी थिइन् । त्यही बेला रकम हिनामिना भएको थियो ।

गत भदौ २ गते नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि सत्ताको आडमा जोगाइएको थियो । तिव्र आलोचना भएपछि उनलाई १३ बैशाखमा प्रहरीले पक्राउ गरेको थियो । मंगलबार सहकारी ठगी  र संगठित अपराधको मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध फितलो अनुसन्धान गरेर मुद्दा दायर गरिएको आरोप लागेको छ ।

सम्बन्धित समाचार